अनुमतिबिना फोटो-भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे ६ महिना जेल, ५० लाख रियालसम्म जरिवाना  « Khabarhub

अनुमतिबिना फोटो-भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे ६ महिना जेल, ५० लाख रियालसम्म जरिवाना 



दोहा : साउदी अरबमा अनुमति नलिई फोटो-भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे ६ महिना जेल र ५० लाख रियाल जरिवाना हुने भएको छ।

साउदीमा अनुमति लिएरै खिचिएका फोटो र भिडिओ पनि अनुमति नलिई सामाजिक सञ्जालमा शेयर गर्नेलाई ५ देखि ५० लाख साउदी रियालसम्म जरिवाना हुने भएको हो।

‘साइबर अपराधको साउदी कानुन अन्तर्गत, त्यस्तो गतिविधि गर्नेहरूलाई ५ देखि ५० लाख रियालभन्दा बढी र तीन वर्षको जेल सजाय हुन सक्छ’, कानुन विशेषज्ञ डा. माजेद गरौबले भने, ‘सामाजिक सञ्जालमा ठट्टा पोस्ट गर्नु साउदी अरबमा अपराध हो र यसलाई देशको साइबर अपराध विरोधी कानुनको उल्लङ्घनका रूपमा वर्गीकृत गरिएको छ।’

जुनसुकै उमेर समूहका अपराधीलाई पक्राउ गर्न र जेल सजाय हुनबाट छुट नहुने बताइएको छ। पोस्ट गर्ने र सेयर गर्ने दुवैलाई कारबाही हुनेछ।

हालैका वर्षहरूमा, साउदी प्रहरीले दर्जनौँ व्यक्तिहरूलाई सामाजिक सञ्जालको दुरुपयोग र विभिन्न प्रकारका अनलाइन अपराध गरेको आरोपमा पक्राउ गरिरहेको छ। साउदी सरकारको यो कानुन अनुसार अब त्यहाँ कार्यरत नेपाली कामदारहरू पनि सचेत हुनुपर्ने भएको छ।

साउदी अरबमा विभिन्न पेसामा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : २२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु