धान, चामलमा भारतको २० प्रतिशत निर्यात शुल्क : व्यवसायीले बुझाए सरकारलाई ज्ञापनपत्र « Khabarhub

धान, चामलमा भारतको २० प्रतिशत निर्यात शुल्क : व्यवसायीले बुझाए सरकारलाई ज्ञापनपत्र


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भैरहवा – उद्योगी व्यवसायीले खाद्यान्न आयातमा लगाइएको अग्रिम कर मिनाहा गर्न माग गरेका छन्। उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल सरकारले भन्सार विन्दुमै खाद्यान्न आयातमा लगाउँदै आएको ५ प्रतिशत अग्रिम कर शून्यमा झार्न माग गरेको हो।

संघले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र पठाउँदै नेपाली उद्योगी, व्यवसायी तथा आम उपभोक्ताहरुलाई राहत पुर्‍याउन अग्रिम कर हटाउनु पर्ने माग गरेको छ।

नेपाल कृषि प्रधान राष्ट्र नेपाल भनिए नेपालमा हुने उत्पादन परिमाणले नेपाली जनताको आवश्यकता र उद्योगको कच्चा पदार्थको लागि परिपूर्ति गर्न नसक्ने अवस्था छ। माग पूरा नहुने भएकाले बाध्यतावश भारतबाट धान, चामलहरु आयात गरिरहेको अवस्था छ। सरल र सहज तवरबाट शून्य भन्सार दरमा भारतबाट आयात हुँदै आएको धान, चामल निर्यातमा भारत सरकारले शुक्रबारदेखि लागू हुने गरी २० प्रतिशत निर्यात शुल्क लगाएकाले यसको प्रत्यक्ष मार नेपाली उद्योगी व्यवसायीहरूमा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले बताए। भारतले नेपाली मदिरा एवं दाना उत्पादक उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुँदै आएको चामलको कनिका निर्यातमा समेत पूर्णतः बन्देज लगाएको छ।

भारत सरकारबाट धान, चामलमा वृद्धि गरिएको निर्यात शुल्क र कनिका तथा गहुँ निर्यातमा लगाइएको बन्देजले धान, चामल लगायतका खाद्यान्नसँग सम्बन्धित नेपाली स्वदेशी उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने देखिएको अध्यक्ष न्यौपानेको भनाइ छ। उनले भने, ‘धान, चामलको मूल्यवृद्धि भई नेपाली उपभोक्ताहरुलाई समेत असर पर्ने देखिएकाले उक्त प्रावधान फिर्ता लिन सम्बन्धित भारतीय निकायमा यथाशीघ्र आवश्यक पहल गरी स्वदेशी उद्योग तथा व्यवसायीहरुको संरक्षण गरिदिन ज्ञापनपत्रमार्फत आग्रह गरेका छन्।’

यस्तो निर्णयले नेपाल भारत खुला सीमाको कारण धान, चामलका अवैध कारोबार बढ्ने र यस्ता अवैध कारोबारको कारण, स्वदेशी धान, चामल उद्योगहरूको उत्पादन धराशायी भई बन्द हुने हुँदा यसको असरले बेरोजगार बढ्न जाने, ऊर्जा खपतमा असर पर्ने, उद्योग र बैंकको लगानीसमेत डुब्न जाने तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै क्षेत्रमा प्रतिकूल असर पर्ने संघका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए। यस विषम परिस्थितिमा केही भए पनि नेपाली स्वदेशी उद्योगी, व्यवसायीहरु तथा आम उपभोक्ताहरुलाई समेत राहत पुर्‍याउन नेपाल सरकारले भन्सार विन्दुमा लिँदै आएको खाद्यान्न आयातमा लगाइएको अग्रिम कर छुट गराउन अनुरोध गरेको छ।

नेपालमा आव ०७८/७९ मा करिब पाँच लाख ५० हजार मेट्रिक टन चामल र पाँच लाख ५० हजार मेट्रिक टन धान तथा ५० हजार मेट्रिक टन कनिका भारतबाट आयात भएको तथ्यांक छ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १० : ४७ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका