चाडपर्वको मुखमा धनगढीका व्यवसायी चिन्तित | Khabarhub Khabarhub

चाडपर्वको मुखमा धनगढीका व्यवसायी चिन्तित


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी- कोरोना संक्रमणका कारण व्यापारमा आएको मन्दी संक्रमण कम भएसँगै सुधार हुने अपेक्षा गरेका व्यवसायी ठूला चाडवाड सुरु हुँदा पनि निराश बनेका छन् । कोरोना संक्रमण केही कम भए पनि व्यापारले गति नलगेपछि व्यवसायी निराश बनेका हुन् ।

‘हिन्दुहरुका ठूला चाड नजिकिँदा व्यवसाय सुधार हुने अपेक्षा गरिएको थियौ’ न्यु स्टार फुटवेयरका सञ्चालक जगदीशदत्त जोशीले भने, ‘तर अहिले पनि बजार सुनसान छ, व्यापारले गति नलग्दा व्यापार घाटा बढेको बढ्यै छ ।’

कोरोनाका कारण धेरैको रोजगारी गमेका कारण व्यापार मन्दी भएको जोशी बताउँछन् । ‘कोरोनाले धेरैको रोजगारी गुम्दा आर्थिक समस्यामा परे’ धनगढी होलसेल व्यवसायी संघका सदस्यसमेत रहेका जोशीले भने, ‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मानिसलाई खाद्यान्नको जोहाे गर्न मुस्किल भएको छ, यसको प्रत्यक्ष असर व्यापारमा परेको छ ।’

कोरोना संक्रमणको समयमा समेत राम्रो व्यापार भएको बताउँदै सुनचाँदी व्यवसायी संघ कैलालीका कोषाध्यक्ष प्रेम सेन्चुरीले भने, ‘अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, तीजमा व्यापार बढ्ने अपेक्षा गरेका सबै व्यवसायी निराश हुनुपरेको छ ।’ कोरोना संक्रमण सुरु हुनुअघि तीजको समयमा दैनिक तीन-चार तोला सुन व्यापार हुने गरेको उनको स्मरण छ । तर यस पटकको तीजमा दैनिक एक-डेढ तोला सुन पनि नकटेको उनले बताए ।

‘बैंकले ऋण दिएको छैन,’ सेन्चुरी भन्छन्, ‘महँगी अकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशा नै छैन ।’

कोरोना संक्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेका व्यवसायी नारायण पन्थीले हालसम्म नयाँ सामान ल्याउन नसकेको बताए । ‘व्यापार पहिलाभन्दा पनि खस्केको छ’ पन्थीले भने, ‘नयाँ सामान थप्न पैसा उठेकै छैन, बैंकमा जाउँ ऋण पाइँदैन ।’ व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामानसमेत बेच्न नसकेको उनले बताए ।

‘गत वर्ष ल्याएका लत्ताकपडा अहिले पनि बेचिरहेको छु’ उनले भने, चिसोमा लगाउने लुगा पनि गत वर्षकै थन्किएका छन् ।’
किराना व्यवसायीलाई केही सहज भए पनि अन्य व्यवसायीलाई अहिले समस्यामा रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउँछन् । दैनिक उपभोग्य वस्तुको व्यापार भइरहने भएका कारण किराना व्यवसायीलाई त्यति अप्ठ्यारो भएको छैन’ अध्यक्ष कुँवरले भने, ‘अन्य क्षेत्रको व्यापार निराशाजनक छ ।’

सरकारले बैंकको ऋण लगानी तत्काल खालेर व्याज घटाउनुपर्ने अध्यक्ष कुँवरको सुझाव छ । बैंकको ब्याजदर चर्को हुँदा धेरै व्यवसायी अहिले व्याज तिर्नसमेत नसक्ने अवस्थामा रहेको उनी बताउँछन् । ‘बजारसम्म पैसा ल्याउन सरकारले तत्काल बैकलाई ऋण लगानी गर्नु दिनुपर्छ,’ अध्यक्ष कुँवरले भने, सरकारको आफ्नो खर्च गर्ने क्षमता पनि बढाउनुपर्ने देखिन्छ ।’ नेपालको अर्थतन्त्र परनिर्भरमुखी हुँदा पनि यस्तो समस्या भएको अध्यक्ष कुँवर बताउँछन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १२ : ०८ बजे

फोहर बेचेर पैसा कमाउँदै धनगढी उपमहानगर

कैलाली– धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र

प्रधानमन्त्रीज्यू ! सत्ताको उन्मादले गद्दी फेरिन्छ, बुद्धि फेरिँदैन 

कुनै ठाउँमा चार मूर्ख रहेछन् । उनीहरूले उद्यमका लागि पेट्रोल

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बोरुसिया

लघुवित्तमा ‘बेस रेट’ : वाणिज्य बैंकभन्दा पाँच प्रतिशत महँगो ब्याज 

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लघुवित्तका लागि बेस