वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुग्यो : उपाध्यक्ष पोखरेल « Khabarhub

वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुग्यो : उपाध्यक्ष पोखरेल


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन्।

सोमबार काठमाडौँको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद्, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन्।

उनले राजनीतिक दलहरूमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको बताए। मुलुकलाई सही दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे।

त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्व जानकारी नराखी काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए। उनले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरी महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखे ।

उनले आतंकको रुपमा नभई सचेतना फैलाउँदै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : ४० बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३