‘भीषण सांगीतिक साँझ’ हुने  « Khabarhub

‘भीषण सांगीतिक साँझ’ हुने 


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भीषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो। भोजपुरे सेवा समाज काठमाडौँले एकल साँझको आयोजना गर्न लागेको हो । 

राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए। नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ-३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको मुकारूङको भनाइ छ। 

‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो। यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ मुकारूङले सुनाए।  

मुकारुङ भोजपुरको ट्याम्के मैयुङ-३ अन्नपूर्णका हुन्। दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन्। उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ०१ बजे

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

काठमाडौं– ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)

स्वास्थ्यमन्त्री शर्मा र डब्लुएचओका महानिर्देशकबीच भारतमा भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो