काठमाडौँ महानगरमा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु « Khabarhub

काठमाडौँ महानगरमा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँच जना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए ।

काठमाडौँ महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँच जना खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव राखेका थिए । फुड इन्सपेक्टर राख्नु पूर्व खाद्य परिकार बनाउने र बेच्ने व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम गर्नलाई आवश्यक प्रशिक्षित गर्नुपर्ने खाँचो महसुस गरेर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वार्ड नम्बर ३० को अगुवाइमा यससम्बन्धी तालिम दिइएको छ ।

मण्डिखाटारस्थित गेट कलेजको समन्वयमा वडा नम्बर ३० का होटेल व्यवसायी, रेस्टुराँ व्यवसायी, विद्यालयहरूका चमेना घर, खाज घर, ठेला पसले मालिक तथा कर्मचारी गरी ५४ जनालाई पहिलो चरणमा खाद्य सुरक्षासम्बन्धी तालिम दिइएको हो ।

सहरी स्वास्थ्य प्रबर्धन केन्द्रकी प्रमुख डा. आरती शाह नेतृत्व तथा गेट कलेजका प्रुमख कार्यकारी अधिकृत खेम लकाइँको समन्वयमा आयोजित कार्यक्रममा खाद्य स्वास्थ्य फुड हाइजिन्, स्वास्थ्य मापदण्ड, फोहोर व्यवस्थापनलगायतका शीर्षकमा तालिम दिइएको थियो।

कार्यक्रममा डा. शाहले खाद्य व्यवसायीहरूले स्वास्थ्यका प्रत्येक विषयमा संवेदनशील नभएमा यही नै जटिल स्वास्थ्य समस्याको कारण बन्ने भएकाले सम्बन्धित व्यवसायीहरूलाई जागरुक बनाउन तालिम आयोजना गरिएको बताइन् ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत लकाइँले खाद्य स्वच्छता मानव जीवनको हरेक पक्षमा अपरिहार्य भएको अवस्थामा महानगरपालिकाको महान् अभियानमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे । विश्वका थुप्रै मुलुकमा खाद्य निरीक्षकको व्यवस्था रहेको प्रसंग उल्लेख गर्दै उनले काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई खाद्य निरीक्षक नियुक्त गरी महानगरमा खाद्य स्वच्छता कायम गर्न लाग्नु स्वागतयोग्य भएको विचार व्यक्त गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारी किशोर खत्री, प्रमुख प्रशिक्षक गेट भोकेसनल फ्याब स्कुलका महाप्रबन्धक विवेक पौडेललगायत गेट कलेजका विभिन्न अध्यापकहरूले खाद्य सुरक्षा तथा स्वच्छताका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए । विज्ञहरू डा. किरण पाण्डे, डा.अनुपलगायतले खाद्य स्वच्छताका आयामबारे सहजीकरण गरेका थिए । वडाको अगुवाइमा प्रमाण पत्र दिने, तर बीचबीचमा अनुगमन गरेर सरसफाइ तथा खाद्य सुरक्षाको स्टिकरसमेत प्रदान गरिने वडाध्यक्ष दलबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ३८ बजे

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३