मानव विकास सूचकाङ्कमा स्वीजरल्यान्ड पहिलो, नेपाल १४३ औँ स्थानमा « Khabarhub

मानव विकास सूचकाङ्कमा स्वीजरल्यान्ड पहिलो, नेपाल १४३ औँ स्थानमा


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव विकास सूचकाङ्कमा नेपाल १४३ औँ स्थानमा रहेको छ ।

सोमबार काठमाडौँमा युएनडीपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा नेपाल मानव विकास सूचकाङ्क ०.६०२ अंकमा साथ १ सय ४३ औँ स्थानमा रहेको उल्लेख छ ।

ऊर्जामन्त्री पम्फा भुसाल लगायतले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्। नेपालको उक्त स्थानलाई मध्यम मानव विकास सूचकाङ्कका रूपमा उल्लेख गरिएको छ । प्रतिवेदनमा नेपालको प्रतिव्यक्ति औसत आयु ६८.४ वर्ष रहेको उल्लेख छ ।  स्वीजरल्यान्ड ०.९६२ अंकसहित मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा छ ।

 प्रतिवेदन सार्वजनिक कार्यक्रमा ऊर्जामन्त्री भुसालले जलश्रोत र ऊर्जाको दिगो विकासबाट मुलुकको समृद्धिमा सरकारले ध्यान दिएको बताइन् । हाल देशको ९५ प्रतिशत स्थानमा विद्युतको पहुँच पुगेको भन्दै बाँकी रहेका स्थानमा पनि छिटै विद्युतको पहुँच पुर्‍याउने उनले बताइन्।

बढ्दै गइरहेको विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशहरूमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रूपले उल्ट्याउने काम गरेको प्रतिवेदनमा उल्लेख छ । लगातार दोस्रो वर्ष मानव विकासले उल्टो गति लिनाले मानव विकासमा यस अघि कहिल्यै नदेखिएको स्तरमा धक्का परेको र यसका कारण दिगो विकासका लागि २०३० एजेन्डा सुरु गर्दा र २०१६ को पेरिस सम्झौता अवलम्बन गर्दाको स्तरमा फर्काउने काम गरेको युएनडीपीले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ३० बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको