ट्युनिशियाको तटपारी आप्रवासी बोकेको डुंगा डुब्यो, ११ जनाको मृत्यु « Khabarhub

ट्युनिशियाको तटपारी आप्रवासी बोकेको डुंगा डुब्यो, ११ जनाको मृत्यु


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको तटपारी भूमध्यसागरमा आप्रवासी बोकेको डुंगा दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् ।

३७ आप्रवासी बोकेर इटालीतर्फ जाँदै गरेको डुंगा डुबेपछि ट्युनिसियाको तटरक्षक बलले १४ जनाको उद्धार गरेको छ ।

पछिल्लो पटक थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चारमाध्यम ट्युनिश अफ्रिक प्रेस टीएपीले जनाएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष १ हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ ।

ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको बताइएको छ ।

उत्तर अफ्रिकाको यस क्षेत्रमा विभिन्न देशबाट गैरकानूनी रुपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : २५ बजे

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले