स्वास्थ्य मन्त्रालय : कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य « Khabarhub

स्वास्थ्य मन्त्रालय : कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने हुनाले, डेङ्गु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीमा अनुरोध छ ।’

डेङ्गु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । डेङ्गुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीव्र बनाइएको समेत उनले बताए । 

मन्त्रालयले डेङ्गु रोगको बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको जनाएको छ । मन्त्रालयले डेङ्गु नियन्त्रणको उपायका बारेमा विशेषज्ञसँग नियमित  परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए । 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ०३ बजे

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान