स्वास्थ्य मन्त्रालय : कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य « Khabarhub

स्वास्थ्य मन्त्रालय : कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने हुनाले, डेङ्गु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीमा अनुरोध छ ।’

डेङ्गु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । डेङ्गुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीव्र बनाइएको समेत उनले बताए । 

मन्त्रालयले डेङ्गु रोगको बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको जनाएको छ । मन्त्रालयले डेङ्गु नियन्त्रणको उपायका बारेमा विशेषज्ञसँग नियमित  परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए । 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ०३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,