विश्वभर ५ करोड मानिस दास भएर बाँच्न बाध्य : आईएलओ | Khabarhub Khabarhub

विश्वभर ५ करोड मानिस दास भएर बाँच्न बाध्य : आईएलओ


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर आधुनिक दासप्रथा ह्वात्तै बढेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पछिल्लो पाँच वर्षमा मात्रै आधुनिक दासप्रथामा बाँच्न विवश मानिसहरुको सङ्ख्या १ करोडले बढेको उल्लेख छ । यससँगै हाल विश्वभर झण्डै ५ करोड मानिसहरु दास भएर बाँच्न बाध्य रहेको आईएलओले जनाएको छ ।

यसअनुसार विश्वका हरेक १५० मध्ये एकजना अनिच्छित श्रम एवम् अनिच्छित विवाह गर्न बाध्य छन् ।

आईएलओले पछिल्लो तथ्यांक र आधुनिक दासताको अवस्था अझ खराब हुँदै जानुलाई लाई ‘आश्चर्यजनक’ भनेको छ ।

‘नैसर्गिक मानवअधिकारको यस्तो उल्लङ्घन कायमै रहनुलाई कुनै हालतमा न्यायोचित मान्न सकिन्न ।’ आईएलओका महानिर्देशक गाई राइडरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसका लागि समाजमा रहेका ट्रेड युनियन, रोजगारदाता संगठन, नागरिक समाज र आम सर्वसाधारणको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

आईएलओले आधुनिक दासता गरिब मुलुकमा मात्रै नभई विकसित पश्चिमा मुलुकमा पनि उत्तिकै व्यापक रहेको पाइएको जनाएको छ ।

आधुनिक दासतामध्ये झण्डै आधा विकसित एवम् उच्च–मध्यम आय भएका मुलुकमा रहेको पाइएको आईएलओको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आईएलओले अनिच्छित श्रमसँगै अनिच्छित विवाहलाई पनि दासताको श्रेणीमा राखेको छ । दुबै अवस्थामा रहेको व्यक्ति ‘धम्की, हिंसा, छली, शक्तिको दुरुपयोग वा अन्य कारणले’ यथास्थितीबाट उम्कन नसक्ने भएका कारण अनिच्छित विवाहलाई पनि आधुनिक दासताको श्रेणीमा राखिएको जनाइएको छ ।

‘अनिच्छित श्रम केही वर्षसम्म रहनसक्छ, तर अनिच्छित विवाह जन्मकैदजस्तै हुने गर्छ ।’ आईएलओको प्रतिवेदनमा उल्लेख छ ।

विश्वभर २ करोड २० लाख मानिसहरु अनिच्छित विवाहको फन्दामा परेको बताइएको छ । यीमध्ये दुई तिहाई महिला छन् । यसमा पनि अधिकांशले १५ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको पाइएको जनाइएको छ ।

विभिन्न चक्रिय संकटका कारण आधुनिक दासताको अवस्था खराब बन्दै गएको प्रतिवेदनमा जनाइएको छ ।

उदाहरणका लागि कोभिड १९ महामारीले धेरै मानिसहरुलाई गरिबीमा धकेलेको छ । परिणामस्वरुप धेरै मानिसहरु ऋणमा डुबेको र अरु कैयौँ कठोर गरिबीमा फसेको जनाइएको छ । यसबाट पनि मानिसहरु अनिच्छित श्रममा लाग्न बाध्य भएको आईएलओको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन पनि आधुनिक दासता बढ्नुको कारण रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : २७ बजे

नेपाली सेनाले भन्यो- भ्रामक र झुटा सुचनामा विश्वास नगरौं

काठमाडौं- नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको

सामान्य बन्दै पोखराको जनजीवन

गण्डकी– जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी

दमौली– तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्