मिटरब्याजी नियन्त्रण कार्यदलले प्रतिवेदन बुझायो | Khabarhub Khabarhub

मिटरब्याजी नियन्त्रण कार्यदलले प्रतिवेदन बुझायो


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणसमक्ष मिटरब्याजी अपराधी नियन्त्रणका उपायहरू सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदन पेस गरेको छ । आज गृहमन्त्री खाणलाई कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले प्रतिवेदन बुझाएका हुुन्् ।

प्रतिवेदनमा दुई हजार दुई सय ८९ उजुरी परेको उल्लेख गरिएको छ । ती उजुरीमध्ये ५९ फरफारक भइसकेका र सात उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अन्य सातमा प्रहरीद्वारा अनुसन्धान भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा एउटै व्यक्तिका विरुद्ध चार वा सोभन्दा बढी उजुरी परेका आरोपितहरूको सङ्ख्या ३३ रहेको र एकै व्यक्तिले २३ जनाविरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको छ ।

प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारकहरू, श्रमिक तथा गरिब किसानका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नाका कारणहरू, साहु महाजनसँग ऋण लिने प्रक्रिया, मिटरब्याजीविरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने कारणहरू, मिटरब्याजको दुष्चक्र, मिटरब्याजी विरुद्धको कारबाहीका अन्तर्राष्ट्रिय अभ्यास एवं अदालती प्रक्रियामा पीडितको अवस्थाका बारेमा विस्तृत विश्लेषण गरिएको छ ।

प्रतिवेदनमा गरिएको सिफारिसबमोजिम स्थानीय प्रशासनले उजुरी उपर छानबिन प्रक्रियालाई निरन्तरता दिइनेसमेत उल्लेख गरिएको छ । कार्यदलको प्रतिवेदनमा स्थानीय प्रशासनले प्राप्त उजुरीमा तत्काल छानबिन र कारबाहीमा निरन्तरता दिनुपर्ने शीर्षकअन्तर्गत चार, सङ्घीय एकाइहरूको भूमिका र राजनीतिक प्रतिबद्धता शीर्षकमा पाँच, सरकारका वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत दुई, कानुनी सचेतना र सुधारअन्तर्गत १० एवं सचेतना साक्षरता र वित्तीय पहुँचअन्तर्गत ११ गरी जम्मा ३२ बुँदामा आफ्नो सिफारिस प्रस्तुत गरेको छ ।

देशैभरी मिटरब्याजीको जालो फैलिएको अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यही भदौ २६ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न कार्यदलले आह्वान गरेको थियो । मिटरब्याजी अपराध नियन्त्रणका लागि सरकारले गत साउन २७ गते कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १० : ४८ बजे

पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो : पुटिन

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का

गृहमन्त्रीका उपलब्धि- नेता र भीआईपीकहाँ तैनाथ २४१ जना प्रहरी फिर्ता, सिंहदरबार छिर्न ई-गेट प्रणाली

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले विभिन्‍न सरकारी सेवासँग राष्ट्रिय

अर्थसंक्षेप : स्पन्ज आइरनको भन्सार वृद्धि मन्त्रिपरिषद्ले फिर्ता गर्नुपर्ने, असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर

काडमाडौं- स्पन्ज आइरनको भन्सार वृद्धि मन्त्रिपरिषद्ले फिर्ता गर्नुपर्ने पूर्व अर्थमन्त्रीहरूले

राप्रपाले नेताहरूलाई तोक्यो विभिन्न विभागको जिम्मेवारी

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई विभिन्न विभागको जिम्मेवारी दिएका

कांग्रेस सांसदको प्रस्ताव – नयाँ संसद्‍ भवन परिसरमा मदिराको बार खोलौँ

काठमाडौं – विभिन्न अभिव्यक्तिका कारण विवादमा आइरहने नेपाली कांग्रेसका सांसद