बुर्किना फासोमा भएको सैन्य ‘कु’ पछि सडकमा उत्रिएका युवाहरूले रुसी झन्डा बोकेका थिए। यो घटनालाई अहिले अर्थपूर्ण रूपमा लिन थालिएको छ। राजधानी ओगाडोगाउमा भएको यो घटनाले धेरैलाई झस्काएको छ। त्यसरी सडकमा रुसी झन्डासहित उत्रिएर खुसी मनाउनेको सङ्ख्या सानो थियो। तर, पनि यसले बुर्किनाफासोको राजनीतिमा रुसी हस्तक्षेपलाई प्रभाव पार्न काफी थियो। कप्तान इब्राहिम ट्रोरेले हालै सत्ता कब्जा गरेका हुन्।
वाग्नर समूह अफ्रिकाका धेरै देशमा स्थापित मिसनरी सङ्गठन हो। यसका प्रमुख याग्भेनी प्रोभोगिन रुसी राष्ट्रपति पुटिनसँग निकट मानिन्छन्। उनले युवा सैन्य नेताको यो कदम साहसी र अति आवश्यक भन्दै प्रतिक्रिया दिएका छन्। ‘बुर्किनाफासोका जनता साम्राज्यवाद अन्तरगत थिए। जसले लुटपाट मच्चाउँदै डकैती राज नै गरेका थिए,’ उनले भने।
उनीहरूको यो लक्ष्य फ्रान्समाथि पनि थियो। लामो समय फ्रान्सेली उपनिवेश रहेको बुर्कीनाफासोमा भएको यो घटनापछि फ्रान्सको अस्तित्व रहेको धेरै स्थानमा आक्रमण भएका छन्। थुप्रै स्मारकहरू भत्काइएका छन्। फ्रान्सेली दूतावासमासमेत तोडफोड भएको छ ।
बुर्किनाफासोको यो प्रदर्शनसहित अफ्रिकाका अन्य धेरै देशमा फ्रान्स विरोधी प्रदर्शनलाई समेत प्रेरित गरेको ठहर गरिएको छ। सहारा मरुभूमिको दक्षिणी भूभाग साहेल क्षेत्रमा फ्रान्सले सैन्य सहयोग नै गरेको थियो। यो सहयोग अतिवादी मुस्लिमविरुद्ध लड्नका लागि थियो। त्यसै क्षेत्रमा बुर्कीनाफासो समेत छ।
आफ्नो पुरानो साम्राज्य मालीबाट पनि फ्रान्सले हात झिकेको छ। त्यहाँको सेनाले पनि रुससँग सहकार्य गरेको भन्दै फ्रान्सले सहयोग बन्द गरेको हो। क्रेमलिनका पूर्व सल्लाहकार सर्जेइ मार्कोभले आफ्नो नेताले क्रेमलिनलाई सहयोग गरेको बताए। अर्को एक अफ्रिकी देश फ्रान्ससँग सम्बन्ध त्याग्दै रुससँग नजिक भएको छ।
भू–राजनैतिक विश्लेषक डा. सामुयल रामानी त्यस क्षेत्रमा रुसका कारण अस्थिरता बढ्दै गएको प्रतिक्रिया दिन चाहन्छन्। रसिया इन अफ्रिकाका लेखक तथा रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका थिङ्क ट्याङ्क उनले रुसले सुरुवाती दिनमा आफ्नो उपस्थिति देखाउने र बिस्तारै प्रभावलाई बलियो बनाउन अनेक उपाय अवलम्बन गर्ने जनाएका छन्।
उनको अनुसार पछिल्लो समय सैन्य हस्तक्षेपमा रुसको चासो अत्यधिक बढेको मात्र होइन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग नै रहेको छ।
वाग्नर समूहकै बारे रुसले आफ्नो प्रतिक्रिया भने राखेको छ। सो मिसनरी संस्थामा आफ्नो कुनै चासो र संलग्नता नरहेको बताउने रुसले सैन्य उपस्थितिमा पनि रुसको प्रत्यक्ष संलग्नता नरहेको बताएका छन्।
शक्ति हत्याइसकेको केही समयपछि नै कप्तान ट्रोरेले नयाँ अन्तर्राष्ट्रिय पार्टनरसँग सहकार्य गर्न चाहेको तथा इस्लामिक जिहादीस्ट समूहलाई पछाडि धकेल्न प्रयास गर्ने प्रतिक्रिया दिएका छन्। सो अतिवादी इस्लामिक समूह सन् २०१५ देखि सक्रिय छ।
उनको भनाइलाई धेरैले रुससँग सहकार्य गर्न चाहेको भन्ने अर्थमा नै बुझेका छन्। परन्तु, कप्तानले आफ्नो देशको सुरक्षा संयन्त्र बलियो बनाउन सहयोग गरे अमेरिकासँगको वार्ताको ढोका खुला राख्ने बताएका छन्। ‘अमेरिका सहित संसारका कुनै पनि देशसँग हामी वार्ता अगाडी बढाउन चाहन्छौ’, ट्रोरेले भने।
अमेरिकाले वार्षिक रूपमै पश्चिम अफ्रिकामा आतङ्कवाद नियन्त्रण सम्बन्धी प्रशिक्षण नै दिने गर्छ। यस वर्ष माली र बुर्कीनाफासो दुवै त्यस प्रशिक्षणमा सहभागी भएका थिएनन्। रमानीकै विचारमा बुर्कीनाफासो माली जस्तो जालमा पर्न चाहँदैन। मालीमा सन् २०२० मा सेनाले सत्ता कब्जा गरे यता अमेरिका र धेरै युरोपेली देशसँग शत्रुतापूर्ण सम्बन्धका विकास भएको छ।
अहिले माली पूर्ण रूपमा रुसको कब्जामा छ। त्यसो त रुसी जालोमा परे पछि कुनै पनि देश सहजै बाहिर निस्कन सक्दैन। मध्य अफ्रिकन गणतन्त्र (कार)को पनि अवस्था यसै गरी खराब भएको हो।
कारमा सन् २०१८ देखि वाग्नर समूह सक्रिय छ। त्यस समयदेखि नै त्यो स्थान हिंसा, सामूहिक हत्या र बलात्कारका कारण बदनाम नै छ। कोपेनहेगन विश्वविद्यालयकी एसोसिएट प्राध्यापक तथा मिसनरीका लागि राष्ट्र सङ्घको काम गने समूहकी प्रमुख सोर्चा म्याकलीयोडले वाग्नरका बारे सबै कुरा पत्ता लगाउन कठिन हुन् बताएकी छिन्।
जब त्यहाँ मिसनरीका बीचमा नक्कली सुरु हुन्छ। त्यसपछि अन्य नसोचिएका समस्या उत्पन्न हुनसक्छ। मिसनरीका नाममा यस्ता गलत हर्कत गर्नु साँच्चै दुखद हो’, उनले भनिन्, ‘ती संस्थाहरू आर्थिक रूपले प्रायोजित छन्।’
अफ्रिकी राजनीतिक विश्लेषक लिन्डा थोमस ग्रीनफील्डले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् बैठकमा आफ्नो कुरा राख्ने क्रममा वाग्नर समूहले मिसनरीको नाममा अफ्रिकी देशमा रहेको हिरा, सुन, काठ र अन्य प्राकृतिक श्रोत साधन हडप्ने योजना रहेको बताएकी छिन्। उनका अनुसार मध्यपूर्वदेखि अहिले युक्रेनसम्ममा युद्ध पोत खरिदमा त्यसैगरी अफ्रिकामा लुटिएको सम्पत्ति प्रयोग गरिएको बताएकी छिन्।
अन्य धेरै विश्लेषकको विचारमा पनि कप्तान ट्रोरेको शक्तिमा उदयले सबै कुरा रुसको कोर्टमा पुगेको छ। डा. रामीनीको विचारमा एउटा के कुरा प्रस्ट छ भने रुससँगको सहकार्यले फ्रान्स मात्र होइन अमेरिका पनि निर्विकल्प टाढा हुने नै छ।
अहिले बुर्कीनाफासोको युवाको आक्रोश हेर्दा नयाँ सत्ताको चासो अतिवादी इस्लामिक सङ्गठन सँगको भिडन्त नै भएको कुरामा भने कुनै विवाद हुन सक्दैन।
एक भू राजनीतिक विश्लेषकका अनुसार त अहिले बुर्कीनाफोसाको अस्तित्व नै सङ्कटमा परेको छ। उनीहरूको विचारमा वाग्नरका लडाकुकै कारण बुर्कीनाफासो असुरक्षित भइरहेको छ।
अहिले पश्चिमी अफ्रिकामा अतिवादी इस्लामिक सङ्गठन त सबैभन्दा ठूलो समस्या बनेको छ। बोका हराम, अनासारुल इस्लाम, इस्लामिक इस्टेट इन ग्रेटर सहारा, जमत उस्रात अल इस्लाम वाल मुस्लिम इन लगायत समूह सक्रिय छन्।
यी सबै इस्लामिक अतिवादी भएको स्थानमा वाग्नर समूह कमजोर साबित भएको छ साथमा सेनाले सत्ता लिए पनि राज्यको सेना इस्लामिक सेनाको अगाडी कमजोर साबित भएका छन्।
यसको सबैभन्दा ठूलो उदाहरण नै माली हो। पछिल्लो एक वर्षमा मालीमा जिहादिस्ट आक्रमण बढ्दो छ। राज्यका सेना निरीह नै साबित भएको छ। त्यहाँ सुरक्षा संयन्त्र पनि अत्यन्त कमजोर बनेको छ। त्यसो त मानव अधिकार हननको घटना पनि त्यस समयमा त्यस क्षेत्रमा अत्यधिक बढेका छन्।
२०२२ त बुर्कीनाफासो र माली दुवै देशका लागि अत्यन्त खराब वर्षको रूपमा रहेको थियो। अफ्रिकामा रुसबाट समर्थन प्राप्त भएको वाग्नर समूह इस्लामिक सङ्गठनका सामु कमजोर बन्दा पनि अन्य देशबाट सहयोगको सम्भावना कम देखिएको छ।
गरिबिका कारण बदनाम अफ्रिकी महादेश संसारमा अँध्यारो महादेशको रूपमा समेत परिचित छ। गरिबी र धेरै सङ्क्रामक रोगका कारण समेत पीडित यस क्षेत्रको औसत आयु पनि अन्य महादेशको भन्दा कम छ।
यी नै क्षेत्रमा पछिल्लो केही वर्ष सैन्य हस्तक्षेपको एउटा लामो शृङ्खला नै तयार भएको थियो। यो लामो शृङ्खलामा बुर्कीनाफासो थपिएको छ। यस भन्दा अगाडि गुयनामा पनि यस्तै घटना भएको थियो। यो शृङ्खला लामो हुन सक्छ। चाँद र सुडानको अवस्था पनि त्यस्तै छ। धेरै राजनीतिक विश्लेषकको मतमा गरिबिका कारण त्यस क्षेत्रमा यस खाले समस्या देखा परेका हुन्। यसै समयमा रुसी हस्तक्षेपको कारण थप समस्या देखा परेको छ। स्रोत : बीबीसी, रोयटर्स
प्रतिक्रिया