विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ जना बेपत्ता  | Khabarhub Khabarhub

विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ जना बेपत्ता 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो । 

उक्त अवधिमा रेकर्ड भएका ११८ वटा विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन् । गृहका अनुसार बितेको ६ दिनमा विपद्का घटनाबाट १८१ परिवार प्रभावित भएका छन् । 

पछिल्लो साता सबैभन्दा ठूलो जनधनको क्षति बाढी र पहिरोबाट भएको छ । बाढी र पहिरोका घटनामा परी ३९ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । बाढी र पहिरोबाट सबैभन्दा ठूलो जनधनको क्षति कर्णाली प्रदेशमा भएको गृहले जनाएको छ । 

यसवर्ष विपद्का घटनामा परी नेपालमा २७६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो करिब ६ महिनाको अवधिमा नेपालमा २ हजार २ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ३३ जना बेपत्ता भएका छन् भने ५८७ जना घाइते भएका छन् । 

यसवर्ष विपद्का घटनामध्ये पहिरोमा परी सबैभन्दा बढीको ज्यान गएको छ । हालसम्म पहिरोमा परी ९१ जनाको मृत्यु भइसकेको छ । 

गृह मन्त्रालयका अनुसार यसवर्ष विपद्का घटनाबाट १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : २१ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान