चार जना मृत फेला « Khabarhub

चार जना मृत फेला


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२५ क्षेत्रपाटी न्हयोखामा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

धनुषाको जनकपुर उपमहानगरपालिका–८ बजरंग चौकस्थित सिरहा मिर्चैया नगरपालिका–१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित बिरिङ खोलाको किनारमा सोही नगरपालिका–५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका–४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

सोही नगरपालिका थापा चौराहाबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १ : १४ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका