चार जना मृत फेला « Khabarhub

चार जना मृत फेला


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२५ क्षेत्रपाटी न्हयोखामा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

धनुषाको जनकपुर उपमहानगरपालिका–८ बजरंग चौकस्थित सिरहा मिर्चैया नगरपालिका–१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित बिरिङ खोलाको किनारमा सोही नगरपालिका–५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका–४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

सोही नगरपालिका थापा चौराहाबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १ : १४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ