कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन | Khabarhub Khabarhub

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । दसैँ तिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । 

‘समय-समयमा मेसिन मर्मत गर्नुपर्ने-फेर्नुपर्ने हुन्छ’ उनले भने, ‘अन्य बेलामा मर्मत गर्दा विद्युत् अभाव समस्या हुने भएकाले अहिले खपत नहुने समयमा मर्मत गर्दा उपभोक्ता तथा उद्योग, कलकारखानालाई सहज हुने गरि चाडवाडको मौकामा मर्मत गरेका हौंँ’

दसैँ बिदामा पाँच दिनसम्म उत्पादन पूरै बन्द गरेर मर्मत गरिएको उनले जानकारी दिए । दुईवटा टर्वाइनको मर्मत सकिएको र बाँकी रहेको एउटा टर्वाइनसहित अन्य मर्मत कार्य तिहारपछिसम्म चल्ने उनले बताए ।

कालीगण्डकी नदीमा पानीको सतह बढेकाले अहिले बाँधमा रहेका सबै ढोका खुल्ला गरिएको छ । ‘दुई वटा टर्वाइन चलाउन ९४ मिटर क्यूब प्रतिसेकेण्ड पानी आवश्यक पर्छ’ उनले भने, ‘अहिले नदीमा पानीको बहाव एक हजार दुई सय मिटर क्यूब प्रतिसेकेण्ड रहेको छ ।’ नदीको पानीको बहाव बढी रहेकाले कात्तिकको अन्तिम सातातिर मात्र ढोका बन्द गरिने उनले बताए ।

बाँध थुनेसँगै नदीमा सात किलोमिटर लामो जलाशय बन्ने र सोही जलाशयमा स्टिमर सेवा सञ्चालन हुँदै आएको छ । वर्षाका कारण अहिले रोकिएको जलयातायात सेवा नदीमा पानीको सतह घट्नासाथै पुनः सुरु हुन्छ । स्याङ्जाको मिर्मी देखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गलमस्थलमा स्थित धार्मिक एवं पर्यटकीयस्थल सेतीवेणी शीलासम्म जलयातायात सञ्चालन हुँदै आएको छ । आँधीमुहानदेखि सेतीवेणी शीलासम्म जलयातायात मार्फत पुग्न झण्डै ३० मिनेट लाग्दछ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : १२ बजे

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोजौँ

काठमाडौँ– संघीय संसद्ले मंगलबार र बुधबार जेन-जी युवाद्वारा आयोजित आन्दोलनका

झापामा कर्फ्यु जारी : घरबाहिर ननिस्कन प्रशासनको आग्रह

झापा– प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज बिहान १० देखि

जेनजीको समर्थन गरेका दीपकराजले किन ज्यानको असुरक्षा महसुस गरे ?

काठमाडौं – कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनको समर्थन गर्दा आफूलाई

वर्तमान राज्य संरचना नफेरी जेन-जीले खोजेको भ्रष्टाचार अन्त्य सम्भव छैन ः लिङदेन

काठमाडौं– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राज्य संरचना

राष्ट्रपति भवन शीतल निवासमा सुरक्षा व्यवस्थामा कडाइ (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको