राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै आयोगमा पत्र « Khabarhub

राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै आयोगमा पत्र


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूपन्देही क्षेत्र नं. २ का सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै रूपन्देहीका गठबन्धन दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएको छ । आयोगले नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरेको भन्दै उनीहरूले निर्णय सच्याउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोग समक्ष पत्र बुझाएको हो । 

गठबन्धनका दलहरूले निर्वाचन अधिकृत राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको निजी सचिवालयबाट काजमा आएकाले निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ भन्ने आशंका रहेको समेत जनाएको छ । उनीहरूले गुरुङको उम्मेदवारी खारेजी नसच्याए त्यसको परिणामको जिम्मा निर्वाचन अधिकृतले नै लिनुपर्ने चेतावनी पनि दिएका छन् ।

बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भएपनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको समाजवादीका नेताहरूले जनाएका छन् । गुरुङ शेयर सदस्य रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको अदालतले जानकारी गराएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : ५० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका