मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत « Khabarhub

मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा कूल उम्मेदवारमध्ये पुरुषको तुलनामा महिलाको उम्मेदवारी कम अर्थात् १० प्रतिशत मात्र रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाका अनुसार विभिन्न राजनीतिकबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिएका महिलामध्ये दुई जना महिला राजनीतिक दलबाट र पाँच जना महिला  स्वतन्त्रबाट रहेको सो कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका लागि एक जना र प्रदेशसभाका लागि छ जना महिलाले उम्मेदवारी दिएका हुन् ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा मकवानपुरको निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी नेत्री महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको छ । त्यस्तै प्रदेशसभामा मकवानपुर निर्वाचन क्षेत्र नं २ (क) बाट माओवादी केन्द्रबाट कुमारी मोक्तानले उम्मेदवारी दिएको बुझिएको छ।

अन्य स्वतन्त्र उम्मेदवारमा लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम, लक्ष्मी अधिकारी लामिछाने र शान्ति दाहालले उम्मेदवारी दिएको सो कार्यालयबाट जनाइएको छ । स्वतन्त्र मकवानपुर निर्वाचन क्षेत्र नं २ को (ख) बाट उम्मेदवारी दिएर प्रतिस्पर्धामा रहेका छन् ।

कार्यालयका अनुसार मकवानपुर जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै मकवानपुरको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका हुन् । 

उता प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दिएको छ । जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । गठबन्धनका कारण महिलाको उम्मेदवारी कम भएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : २७ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा