निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान « Khabarhub

निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि चुनाव चिह्न प्रदान गरेको छ । 

बुधबार देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये केहिले बुधबार उम्मेदवारी फिर्ता दिएका थिए ।

उम्मेदवारी फिर्ता र खारेजपछि कायम रहेका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै चुनाव चिन्ह प्रदान गरिएको काठमाडौंका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको चुनाव चिन्ह  पाएका छन् । अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले चुनाव चिह्नहरूको समूहमध्येबाट चिन्ह प्रदान गरिएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन