फाइल तस्वीर

राजनीति

निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान

By खबरहब

October 12, 2022

काठमाडौँ– निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि चुनाव चिह्न प्रदान गरेको छ । 

बुधबार देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये केहिले बुधबार उम्मेदवारी फिर्ता दिएका थिए ।

उम्मेदवारी फिर्ता र खारेजपछि कायम रहेका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै चुनाव चिन्ह प्रदान गरिएको काठमाडौंका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको चुनाव चिन्ह  पाएका छन् । अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले चुनाव चिह्नहरूको समूहमध्येबाट चिन्ह प्रदान गरिएको छ ।