नक्सालको होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु, दुई पक्राउ « Khabarhub

नक्सालको होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु, दुई पक्राउ


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षीय एक महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले महिलाको मृत्युबारे छानविन गर्न मङ्गलबार नै दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

पक्राउपर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल रहेका छन् ।

महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर नगरी अस्पताल लगेकाले घटना शङ्कास्पद भएकाले प्रहरीले आवश्यक अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : १२ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन