दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित « Khabarhub

दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुबा– दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ ।देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीयता मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरुको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ ।

‘बाढीले देशका विभिन्न ठाउँमा धेरै क्षति पु¥याएको छ, बाढीका कारण सडक, पुल, भत्किएका छन् भने नीजि निवास तथा विद्यालय भवनहरु क्षतिग्रस्त भएका छन्,’ प्रतिवेदनमा लेखिएको छ ।

बाढीले भौतिक संरचनाहरुमा क्षति पुर्याएपछि यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका आधारभूत सेवा पनि प्रभावित भएका छन् ।

युनिटी प्रदेशका रुब्कोना र बेन्तीयु सहरमा पानीको सतह बढेर ढुवान भएकाले थप समस्या उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण हजारौँ मानिस विस्थापित समेत भएका छन् भने उनीहरूलाई विभिन्न अस्थायी शिविरहरुमा स्थानान्तरण गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : १९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको