दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा | Khabarhub Khabarhub

दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालीको महान् पर्व दसैँपछिको अर्को चाड तिहार नजिकिँदै गर्दा तारकेश्वर नगरपालिका–७ फुटुङमा पर्ने नवजीवन परोपकार समाज (आश्रम) नजिकै रहेको बाँझो बारीमा वृद्धवृद्धाले रोपेको सयपत्री फूल ढकमक्क फुल्न थालेको छ ।

तिहारलाई लक्षित गरी ‘परनिर्भरता हटाऔँ आत्मनिर्भर बनौँ’ भन्ने अभियानका साथ फूलको बीउ थाइल्याण्डबाट मगाएर राखिएको हो । नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार करिब चार हजार बिरुवा राखिएको छ ।

साढे दुई रोपनी क्षेत्रफलमा लगाइएको फूलबाट करिब रु तीनदेखि चार लाखसम्मको आम्दानी हुने लक्ष्य राखिएको छ । आश्रमका अध्यक्ष दाहाल भन्छन्, ‘फूलबाट हुने आम्दानी आश्रममा रहनुभएका वृद्धवृद्धाका लागि औषधोपचार र अन्य आवश्यकताका लागि खर्चिनेछौँ ।’

आश्रममा कोही आफन्त नभएका, सडकमा अलपत्र परेका र बेसहारा अवस्थाका व्यक्तिलाई उद्धार गरेर राखिएको छ । यहाँ मानिस र सबै प्राणीले बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ कुकुर, मयुर, बिरालो, गाई, खसीलगायत विभिन्न प्राणी आश्रममा राखिएको समाजका कोषाध्यक्ष मिरा केसीले बताउँछन् ।

फूलको बिरुवा राख्ने, गोड्ने, फूल टिप्ने, माला उन्ने जस्ता कामले आफूहरुलाई दिन कटाउने मेलोसमेत भएको धादिङ गल्छी गाउँपालिका–१ फोस्टारबाट उद्धार गरिएकी ८४ वर्षीया अमृतकुमारी अधिकारीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ०८ बजे

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्ने चिनियाँ राष्ट्रपति सीको भनाइ

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक

महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

भरतपुर- नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले

बराइँसराइको समस्या विकराल बन्यो : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य

सलमान खानका लफडा

काठमाडौं– सलमान खान बलिउडका सफल नायक हुन् । बलिउडमा उनीसँगको

देशभरीका कारागारमा योग शिविर चलाइने

काठमाडौं– स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउन देशभरीका कारागारमा योगशिविर