वाणिज्य कार्यालय विराटनगरद्वारा बजार अनुगमन « Khabarhub

वाणिज्य कार्यालय विराटनगरद्वारा बजार अनुगमन


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– चामलमा मिसावटसम्बन्धी गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले आज उद्योग एवं बजारको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा महँगो चामलमा सस्तो चामल मिसाएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले बजार अनुगमन सुरु गरेको हो ।

वाणिज्य कार्यालयको नेतृत्वमा आज गएको एक टोलीले महँगो जिरामसिनो चामलमा सस्तो सोना मन्सुली चामल मिसाएर बेच्ने गरेको गुनासोका आधारमा मोरङको कटहरीस्थित बोहरा चामल उद्योगले उत्पादन गरेको तण्डुल ब्राण्डको स्टिम्ड जिरा मसिनो चामल परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । जिरा मसिनो चामलको मूल्य प्रतिकिलो रु ८० पर्दछ भने सोना मन्सुली चामलको मूल्य प्रतिकिलो रु ५३ रहेको छ ।

अनुगमन टोलीले उक्त उद्योगबाट उत्पादित सूर्य, धनुष, सूर्य भोग, करमानी ब्राण्डका जिरामसिनो चामलको मूल्यमा प्रतिकिलो रु १० सम्म फरक पाइएपछि नमूना सङ्कलन गरिएको र मिसावट गरिएको पाइएमा वाणिज्य ऐनअनुसार कारवाही गरिने कार्यालयका निमित्त प्रमुख कमलदेव यादवले बताए ।

यसैगरी टोलीले विराटनगरको गुद्री बजारस्थित ट्वीन्स ट्रेडर्समा अनुगमनका क्रममा भारतीय उत्पादन धनलक्ष्मी ब्राण्डको ३५ बोरा जिरामसिनो चामल फेला पारेको छ । उक्त चालमको खरिद बीलविजकसमेत उपलब्ध गराउन नसकेपछि रु २० हजार जरिवाना गरेको छ । बरामद गरिएको ३५ बोरा चामल बिक्रीमा रोक लगाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : ०६ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको