जी २० सम्मेलनमा सी र बाइडेनबीच भेटवार्ता हुने « Khabarhub

जी २० सम्मेलनमा सी र बाइडेनबीच भेटवार्ता हुने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनका राष्ट्रपति सी जिनपिङले अर्को हप्ता इन्डोनेसियामा हुने जी २० शिखर सम्मेलनमा भाग लिने क्रममा अमेरिकी समकक्षी जो बाइडेनलाई भेट्ने भएका छन्।

बेइजिङको विदेश मन्त्रालयले सीले बाइडेनलाई भेट्ने पुष्टि गरेको हो। चिनियाँ राष्ट्रपतिले गत महिना ऐतिहासिक तेस्रो कार्यकालको नेतृत्वमा हस्ताक्षर गरेपछि यो पहिलो भेटवार्ता हुनेछ।

जनवरी २०२१ मा बाइडेनले पदभार ग्रहण गर्नुअघि दुई जनाबीच भेट भएको थियो। त्यसपछि धेरै पटक फोनमा वार्ता गरेका थिए। तर, कोभिड १९ महामारी र सीको विदेश यात्रा रोकिएपछि उनीहरूबीच भेट हुन सकेको थिएन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित प्रेस ब्रिफिङमा सीले आगामी हप्ता नोभेम्बर १४ देखि १७ तारिखसम्म बालीमा बाइडेन र फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोन, साथै सेनेगलका म्याकी साल र अर्जेन्टिनाका अल्बर्टो फर्नान्डेजसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : २६ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले