मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा | Khabarhub Khabarhub

मकवानपुर १ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– संसदीय आम निर्वाचन नजिकिँदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक-वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र आफ्नो पार्टीको धारणाबारे उम्मेदवारहरूले प्रकाश पार्दै आएका छन् । 

मकवानपुरको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको सूर्य चिह्नबाट र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह चुनावी प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस (बिपी) बाट सुरेन्द्र भट्टराई, नेमकिपाबाट शान्तलाल भैलसहित २६ जना चुनावी मैदान होमिएका छन् । क्षेत्र नम्बर १ को (१) र (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर पुलामी र आनन्दराम पराजुलीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । नेकपा एमालेको तर्फबाट कमल विष्ट र एकलाल श्रेष्ठ छन्। राप्रपाका तर्फबाट सागर थापा (१) र गुञ्जनबहादुर न्यौपाने (२) प्रदेशसभा सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धामा रहेका छन्।

मकवानपुरमा तीन लाख सात सय ५८ मतदाता छन् । जिल्लामा तीन सय ६४ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १ मा पुरुषतर्फ ७४ हजार नौ सय ३०, महिलातर्फ ७५ हजार दुई सय २१ र चार जना तेस्रो लिङ्गी मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

यो क्षेत्रमा बागमती, बकैया, मकवानपुरगढी गाउँपालिकाको आधा भाग, हेटौँडा उपमहानगरपालिकाको १ देखि १९ मध्ये १, ३, ११ र १९ नम्बरबाहेक अन्य १५ वडा रहेको छ । राष्ट्रिय राजनीतिमा नेतृत्व प्रदान गर्न सक्ने र जनताप्रति सधैँ उत्तरदायित्व बोध गर्ने व्यक्तिलाई छनौट गरेर मतदान गर्नुपर्ने समय आएको भीमफेदी गाउँपालिका-४ निवासी समाजसेवी ओमबहादुर थापाले बताए ।

मकवानपुरको चिसापानीगढी एवं मकवानपुरगढीको ऐतिहासिक प्राचीन धरोहरलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्दै हेटौँडामा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने लक्ष्य र जनतालाई केन्द्र बिन्दुमा राखेर अघि बढ्ने सक्षम नेतृत्व गर्ने व्यक्तिलाई मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाउनुपर्ने मतदाताको भनाइ छ । निर्वाचनमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आवतजावत गर्ने व्यक्तिलाई छनौट गर्नुपर्ने हेटौँडा उपमहानगरपालिका-१२ का समाजसेवी तोयनाथ अधिकारीले बताए।

संविधानसभा सदस्य एवं एमाले नेता अनन्तप्रसाद पौडेलले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न विभिन्न राजनीतिक दलका उम्मेदवारले आचारसंहिता पालना गरेर प्रत्येक मतदातालाई आफूले इच्छाएको योग्य क्षमतावान् उम्मेदवार स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्ने मौका दिन आग्रह गरे।

मकवानपुरमा तीन सय ६४ मतदान केन्द्रबाहेक दुई छुट्टाछुट्टै अस्थायी मतदान केन्द्रको स्थापना गरिएको छ । जसमध्ये कैदीबन्दीको लागि भीमफेदी कारागार, निजामती कर्मचारी र तेस्रो लिड्गीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिसरमा मतदान केन्द्र कायम गरी मतदानको लागि मतदान केन्द्रको निर्माण कार्य सुरु भइरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए । 

मकवानपुर क्षेत्र नम्बर १ र २ गरी लोकतान्त्रिक वाम गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपालगायत विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६९ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ४३ रहेको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ ।

आगामी मङ्सिर ४ मा हुने आमनिर्वाचन सन्दर्भमा मकवानपुरको विभिन्न मतदान केन्द्रको सुरक्षा प्रदान गर्न नेपाली सेना जिल्लाको विभिन्न स्थानीय गाउँपालिका पायक गर्ने स्थानमा खटिइसकिएको र म्यादी प्रहरी विभिन्न ६२ प्रहरी चौकीमा पुगिसकेको छ । यही कात्तिक २८ गतेदेखि नेपाल प्रहरीको टोली निर्वाचन सामग्री लिएर विभिन्न मतदान केन्द्रमा प्रस्थान गर्ने भएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताए ।

 

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : १८ बजे

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी,

दशैँका दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौं – बडादशैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल

आइबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइबार सन्

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको