'चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छु' : नयाँ मतदाता | Khabarhub Khabarhub

‘चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छु’ : नयाँ मतदाता


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्लाको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा छिन् । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताइन् । ‘पहिलो पटक भोट हाल्दै छु कस्तो होला के होला भनेर उत्सुकता जागेको छ’, उनले भनिन्, ‘जताततै चुनावको मात्रै कुराकानी सुन्दा भोट खसाल्न आतुर छु ।’

उनले आफूले पहिलो पटक गरेको मतदान खेर नजाओस् भन्ने अपेक्षा गरेको बताइन् । गाउँमा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सिर्जना हुनेगरी काम गर्नसक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने उनले बताइन् । ‘हाम्रो देशमा रोजगारीको धेरै समस्या छ, मुख्य कुरा रोजगारीको अन्त्य हुनुपर्छ’, उनले भनिन्, ‘विकास गर्ने भिजन भएको, सक्षम र इमान्दार उम्मेदवारलाई मतदान गर्छु ।’

त्यसैगरी बेदकोट नगरपालिका–७ का राजेश भट्ट पनि पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदै छन् । उनले पनि मतदान गर्न उत्सुकता जागेको बताए । ‘पहिलो पटक मतदान गर्न पाउँदा खुसी छु, मतदान गर्न आतुर पनि छु’, उनले भने, ‘भ्रष्टाचार नगर्ने, जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिन्छु ।’ उनले मत माग्न घरमा आउने उम्मेदवारले विकासका काम गर्ने आश्वासन दिएको बताए । ‘घरमा सबै पार्टीका उम्मेदवार आएका छन् विकास गर्छौँ, भोट दिनुस् भन्छन’, उनले भने, ‘उम्मेदवारहरुले गर्छु भनेका काम पूरा गर्छन् होला भन्ने लागेको छ ।’

भीमदत्त नगरपालिका–१८ का धीरज जोशी पनि मत हाल्न आतुर छन् । तर गाउँमा चोक चौतारोमा सुनिने नेताहरुप्रतिका नराम्रा टिप्पणीले भने नेताहरु आश्वासन मात्रै दिने हुन कि भन्ने भय रहेको उनले बताए । ‘नेताहरुको मात्रै विकास हुनु भएन जनताको पनि विकास हुनुपर्छ’, उनले भने, ‘आफूले सोचेजस्तो विकल्प नभए पनि राम्रो सक्षम उम्मेदवारलाई भोट हाल्छु ।’ उनले मतदान सबैभन्दा ठूलो दान भएकाले उम्मेदवारले यसको सदुपयोग गर्नुपर्ने बताए ।

नयाँ मतदाता मात्रै होइन पुराना मतदाता पनि मतदान गर्न आतुर छन् । बेदकोट नगरपालिका–७ का देवकी पन्त आउँदो मङ्सिर ४ मा चौथो पटक मतदान गर्दै छिन् । ‘अघिल्लो निर्वाचनमा मत दिएकाले राम्रो काम गर्न सकेनन् यसपटक मत परिवर्तन गर्छु’, उनले भनिन्, ‘हाम्रो क्षेत्रको विकास गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु ।’ चुनावी मिति नजिकिर्दै गर्दा निर्वाचन आयागले तयारी अन्तिम चरणमा पुगाएको छ । उम्मेदवार मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : ३६ बजे

विचित्रको दृश्य : मन्त्री पदमै छन् तर झण्डावाला गाडी छैन, कहाँ बस्ने चिन्ताले संसद् जाँदैनन्

काठमाडौं- संघीय सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिएसँगै

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक

वनपैदावारको आयस्रोत खोइ ?

जैविक रूपमा धनी देशहरू मध्ये नेपाल एक हो । ४५

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन