प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’ | Khabarhub Khabarhub

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ । फिल्मले शनिबार बिहान काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल व्यापार गरेको छ । प्रदर्शनको दुई सातामा फिल्मले सात करोड चार लाख ग्रस कलेक्सन गरेको जनाइएको छ । यो फिल्म नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ ।

फिल्मलाई अमेरिकामा नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ । डलासबाट सुरु भएको फिल्मले रेगुलर शोमै दर्शक पाइरहेको नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले जानकारी दिए । 

उनले नेपाली भाषी रहेको अमेरिकाको हरेक सहरमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएँ । ‘फिल्मको डिमाण्ड बढ्दो छ । स्थानीय फिल्म रिलिज हुँदा समेत हामीले हल पाइरहेका छौँ । जबकि यहाँ प्राइभेट नभई नेपाल झैँ सिधै टिकेर काटेर फिल्म हेर्ने मिल्ने गरी शो गरिरहेका छौँ’,उनले भने ।

वितरक सुवेदीका अनुसार डलासमा मात्र नोभेम्बर १० सम्ममा ६९ शो भइसकेको छ भने एटलान्टा, जर्जिया बाल्टिमोर, मेरिल्याण्ड र नर्थ क्यारोलिना, लस एन्जलस, डेनभर, एक्रोन, ह्युस्टन, अस्टिन जस्ता सहरमा समेत प्रदर्शन भइरहेको फिल्म ’महापुरूष’ को एक सय ४७ शो भइसकेको छ । विदेशी फिल्मकै शैलीमा प्रदर्शन भइरहेको पहिलो रहेको सुवेदीले बताए । 

यसले नेपालमा तेस्रो सातामा मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ । क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा एक शो, भक्तपुरमा रहेको क्युएफएक्समा तीन शो, लबिम मलमा चार शो, सिभिल मलमा तीन शो, ठमेलमा रहेको छायाँ सेन्टरमा एक शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा एक शो, वुटवलमा दुई शो, दमौलीमा एक शो, नारायणघाटमा रहेको जलमामा दुई शो, विराटनगरमा एक शो, बिर्तामोडमा दुई शो दिएको छ।

 काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा एक शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा एक शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा एक शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा दुई शो रहेको छ ।
बानेश्वरमा रहेको वान सिनेमाजमा दुई शो र कालिमाटीमा दुई शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा तीन शो र बुटवलमा रहेको आइएनआइमा तीन शो दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १ : २० बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली