प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनप्रति दुःख व्यक्त  « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनप्रति दुःख व्यक्त 


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गरेका छन् । यही कात्तिक २३ गते निधन भएका उनको  परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गौँडाकोटस्थित सापकोटा निवास पुगेका हुन् ।

नेपाली कांग्रेसको राजनीतिमा स्व. सापकोटाले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उनको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताए। सापकोटाद्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्द्धनका दृष्टिमा पनि अतुलनीय उनले सो पुस्तकमा लेखेको लेखमा चर्चा गरेका छन् ।

सो अवसरमा कांग्रेसका नेता प्रा डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतको उपस्थिति थियो । गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व थिए । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिएका उनी नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिएका थिए। सापकोटा दम रोगबाट  ग्रसित थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  २ : ३९ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले