उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह « Khabarhub

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले मधेश र मधेशी जनताको अस्तित्व रक्षा र भविष्य सुनिश्चितताका लागि जनताले मतदान गर्दा विवेकपूर्ण निर्णय लिन आग्रह गरेकी छिन् । 

सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित खुरहुरियामा मङ्गलबार आयोजित पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । 

मधेश जनविद्रोह लगायतका आन्दोलनहरूबाट प्राप्त उपलब्धि रक्षाका लागि जनताले आफू र भावी सन्ततीका लागि गम्भीर बन्न आग्रह गर्दै उनले भनिन्- ‘यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्र र मधेश विरोधी शक्तिहरू भ्रम छर्न सक्रिय रहेकाले त्यस्ता भ्रममा नपरी जवाफ दिन तयार रहनुपर्दछ ।’

यसैगरी, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सचिव एवम् पूर्व मन्त्री शैलेन्द्र प्रसाद साहले जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न बहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित, सीमान्तकृत समुदाय तथा जातीहरूको शोषण, उत्पीडनबाट मुक्तिका लागि पार्टीका अध्यक्ष निरन्तर सङ्घर्षशील रहेको चर्चा गरे । 

विगतमा मधेशीलाई छालाको रङ्गको आधारमा विभेद गर्ने गरिएको स्मरण गर्दै उनले भने ‘छालाको रङ्गको आधारमा मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो तर अहिले मधेश र मधेशीको पहिचान नीतिगत रुपमा संस्थागत भएको छ ।’

कार्यक्रममा जसपा नेपालका जिल्ला नेता सुनिल कुमार झा, उपाध्यक्ष हरेराम यादव, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, युवा नेता धनेश्वर यादव, उषा साह, जिल्ला सचिव जयनारायण यादव, तेजनारायण यादव लगायतले मन्तव्य व्यक्त गरे । 

मंगलबार नै पत्थरगाडा र राजविराजमा समेत कार्यकर्ता तथा समर्थकहरूसँग चुनावी छलफल आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ७ : ०२ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,