मङ्सिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन : उपाध्यक्ष श्रेष्ठ | Khabarhub Khabarhub

मङ्सिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन : उपाध्यक्ष श्रेष्ठ


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनका लागि भएको बताएका छन् । पाँचदलीय गठबन्धन चुनाव प्रचार-प्रसार समिति कास्कीद्वारा आज आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको उल्लेख गरे । ‘बाह्र बुँदे सम्झौताअनुसार वेपत्ताद्वन्द्वपीडितले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्, उनीहरूको माग सम्बोधन गर्नु पर्छ’, उनले भने, ‘पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि रहने छ ।’

शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँचदलीय गठबन्धन रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले विगतका गल्ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताए। लोकतन्त्रको अभिन्न अंक निर्वाचन भएकाले सबै नेपाली यसमा होमिएका उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि सफलरूपमा सम्पन्न गर्न अगाडि बढेको बताए । पाँचदलीय गठबन्धन निर्वाचनपछिसम्म पनि कायमै रहने उनको भनाइ थियो । 

लोकतन्त्र र संविधानको रक्षा, समृद्धि र स्थिर सरकारको निम्ति पाँच दलीय गठबन्धन एउटै पार्टी जस्तै बनेकाले गठबन्धनमा आबद्ध सबै दलले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्नसमेत महरले आग्रह गरे । 

नेकपा (एकीकृत समाजवादी) कास्कीका उपाध्यक्ष पूर्ण लामाले आगामी निर्वाचनमा अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार विजयी हुने भएकाले देशलाई समृद्धितर्फ कसरी अगाडि बढाउने भन्नेबारेमा सोच्न जरुरी भएको बताए । उनले कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका नौवटै सिटमा गठबन्धनका उम्मेदवार विजय हुने दाबी गरे ।

नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेसका युवा नेता गङ्गाधर पराजुलीलगायतले आफ्नो विचार व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : १४ बजे

पाँच महिनामा थपिए ५२ एचआइभी सङ्क्रमित

चितवन– जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित

साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो

सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

चितवन– व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा

अनेरास्ववियुमा कडारियालाई आधिकारिक र पौडेललाई अनधिकृत भनिएपछि बालुवाटारको हस्तक्षेप

काठमाडौं- नेकपा एमालेको नर्सरीका रुपमा लिइने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र