लमजुङको बजेट आठ अरब पुग्यो « Khabarhub

लमजुङको बजेट आठ अरब पुग्यो


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ– केही वर्ष अगाडिसम्म लमजुङको बजेट जम्मा ७५ करोड थियो । चालु आर्थिक वर्ष ०७९/८० मा भने यो बढेर आठ अरब पुगेको छ । जसमध्ये डुम्रे-बेसीशहर-चामे सडक बहुवर्षीय आयोजनालाई ६१ करोड २८ लाख रकम विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८/७९ मा बहुवर्षीय बजेट निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत रेडबुकको पेज नम्बर १६३ मा समावेश योजनाअन्तर्गत विचौरको कुनाघाट-बेसीशहर सडकखण्ड निर्माणको लागि बोलपत्र आह्वान भइसकेको छ ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक संघीय सरकारले निर्माण गर्नेछ । जसअन्तर्गत लमजुङको पूर्व-पश्चिम उच्चपहाडी रणनैतिक सडकअन्तर्गत कुनाघाट-विचौर-सिङ्दी सडक अन्तर्गत कुनाघाट-बेसीशहर सडक खण्ड निर्माण भइरहेको छ । 

पूर्वबाट पश्चिमसम्म पूरै छिचोल्ने उच्चपहाडी सडक निर्माण सम्पन्न हुँदा लमजुङका अधिकांश बस्ती यस रणनैतिक सडकसँग जोडिने छ । उक्त सडक निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

बहुवर्षीय ठेक्का आयोजना पाँच अरब ४३ करोड बजेट डुम्रे-बेसीशहर-चामे सडक परियोजनाको कार्यालय लमजुङमा विस्तार गरी निर्माण भइरहेको छ । 

गत वर्षाको बेला उदिपुरमा पहिरोले सडक अवरुद्ध भएपछि उक्त पहिरो रोकथामका लागि छुट्टै २१ करोड रकम विनियोजन भएको आयोजना प्रमुख अच्युत विलास पन्तले जानकारी दिए । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १७ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले