डुम्रे बेँसीसहर सडकअन्तर्गत उदिपुर सडक सञ्चालनमा « Khabarhub

डुम्रे बेँसीसहर सडकअन्तर्गत उदिपुर सडक सञ्चालनमा


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेंसीसहर-डुम्रे राजमार्गमा पर्ने लमजुङको उदिपुर सडकमा अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गरिएको छ । वैकल्पिक सडक निर्माण गरिएसँगै ५ महिनापछि उक्त सडक भएर सवारी आवागमन हुन थालेको छ।

डुम्रे-बेंसीसहर-चामे सडकमा पर्ने यो सडक मनाङ जाने एक मात्र बाटो हो । लमजुङ र मनाङका बासिन्दालाई प्रभावित पार्ने गरी पहिरो गएकोमा सडक निर्माणकार्य ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन् ।

बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सडक कार्यालयका तर्फबाट सडक निर्माण गरिनुपर्नेमा स्थानीय तहकोसमेत दायित्व सम्झेर सडक निर्माण गरिएको बताए । ‘यसअघि पानी परिरहेको थियो । हामीले पानी पर्न रोकिएपछि अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गर्ने तयारी गरेका थियौं । पानी पर्न रोकिएपछि हामीले सडक निर्माण गरेका छौं । नगरपालिकाले इन्धन उपलब्ध गराएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बेँसीसहर नगरपालिकाले इन्धन उपलब्ध गराउने, मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रले आवश्यक फलामका पोल उपलब्ध गराउने र डुम्रे-बेंसीसहर-चामे सडक योजनाको प्राविधिक र मेसिनरी सामग्री सहयोग उपलब्ध गराउने छलफलपछि वैकल्पिक सडक निर्माण गरिएको उनले बताए । उनका अनुसार कात्तिक १६ गतेदेखि वैकल्पिक सडक निर्माण गरिएको र अहिले सवारी गुड्न थालिएको बताए । 

सडक कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार १ सय ६० मिटर चौडाइको पहिरो खसेको छ । अहिले कम्तीमा ५ मिटर चौडाइको १ सय मिटर लामो सडक बनाइएको उनले बताए । ‘अहिले वैकल्पिक रूपमा पहिरोबाटै अस्थायी सडक निर्माण गरिएको छ । सडक निर्माणका लागि टेन्डर खुल्दै छ,’ उनले भने । 

गतवर्ष भदौ ११ मा पहिरो खसेपछि अस्थायी रूपमा डाइभर्सन निकालेर सवारीसाधन आवागमन गरिएको थियो । उक्त सडक पनि गत असार ४ को पहिरोले बगाएपछि वैकल्पिक रूपमा मर्स्याङ्दी नदीको तीरैतीर डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।

नयाँ बजेटबाट निर्माण गरिने सडकलाई अहिलेको डाइभर्सनबाटै उठाइने र यसका लागि १८ करोड रुपैयाँ बजेट स्वीकृत भएको उनले बताए । उक्त बजेटबाट यसअघिको सडक नै जोडिने गरी १ सय ६० मिटरको सडक बन्ने छ ।

मर्स्याङ्दीको पानीको सतहबाट आरसीसी ढलान पर्खाल लगाएर अहिलेको डाइभर्सन सडकलाई पक्की बनाउने र त्यसपछि पर्खाल साथै जाली लगाइने उनले बताए । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : ३७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने