पचरौता नगरपालिकाका प्रमुख सिंहलाई २५ हजार जरिवाना « Khabarhub

पचरौता नगरपालिकाका प्रमुख सिंहलाई २५ हजार जरिवाना


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई २५ हजार जरिवाना गरेको छ। वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो । आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ । 

आयोगले काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमलाई पाँच हजार जरिवाना गरेको छ । उनले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको आयोगले जनाएको छ । 

राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा (एमाले)को चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पाँच-पाँच हजार जरिवाना गरेको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : २१ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले