मकवानपुरका मतदान अधिकृतलाई तालिम « Khabarhub

मकवानपुरका मतदान अधिकृतलाई तालिम


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुरमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ । दुईदिने सो तालिममा आठ सय जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराइएको छ ।

जिल्लामा एकसय ६५ वटा मतदानस्थल रहेको र तीन सय ७४ वटा मतदान मतदान केन्द्र रहेको र त्यसका लागि सात सय ७८ जना तथा थप अरु १० प्रतिशत कर्मचारी गरी आठ सय कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । सो तालिममा निर्वाचन अधिकृतहरूले गर्नुपर्ने काम, मतदान गर्ने तरिका, मतपेटिका सिल गर्ने, भीड नियन्त्रण गर्ने, मसी लगाउने, नाम रुजु गर्ने र मत दोह¥याएर हाल्नका लागि आउनबाट सचेत रहने उपायलगायत विषयमा प्रशिक्षित गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए।

तालिमपछि कात्तिक २८ र २९ गते मतदानका लागि चाहिने आवश्यक सामग्री हस्तान्तरण गरी कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रमा पठाइने उनले बताए । मुख्य निर्वाचन अधिकृत निरौलाले निर्वाचन निष्पक्ष एवं स्वतन्त्ररुपमा हुने भएकाले निर्वाचन गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : २४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक