विकास निर्माण कार्य पूरा गर्न विजय सुनिश्चित: ज्ञानेन्द्रबहादुर कार्की « Khabarhub

विकास निर्माण कार्य पूरा गर्न विजय सुनिश्चित: ज्ञानेन्द्रबहादुर कार्की


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मोरङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजयी सुनिश्चित गराएको बताएका छन् । सुनसरीको हरिनगरा गाउँपालिका–५ वसन्तपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासका पूर्वाधार निर्माण कार्यलाई पूरा गर्न चुनावी जनलहर आफ्नो पक्षमा रहेको दाबी गरे।

मन्त्री कार्कीले यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरेको जानकारी दिए । उनले विगत पाँच वर्षको अवधिमा यस क्षेत्रमा सुरु गरेको कतिपय विकास निर्माण तथा पूर्वाधारका योजनालाई पूर्णता दिन पनि यस क्षेत्रबाट पुनः उम्मदवारी दिएको प्रष्ट पारे ।

संविधानको रक्षा, सबै जातीय समुदायको हकअधिकार स्थापना गरी मुलुकको समृद्धिका लागि निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन उनले आग्रह गरे । मन्त्री कार्कीले कृषकलाई आफ्नो उत्पादन वृद्धि गर्न सहजरुपले मलखाद, बीउबिजनको व्यवस्था गर्ने प्रतिबद्ध व्यक्त गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ४६ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक