ईश्वर पोखरेलप्रति प्रदीप पौडेलको आक्रोश: ‘महामारीमा जनतालाई लुट्नुभयो’ « Khabarhub

ईश्वर पोखरेलप्रति प्रदीप पौडेलको आक्रोश: ‘महामारीमा जनतालाई लुट्नुभयो’


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको आरोप लगाएका छन् ।

कााठमाडौं क्षेत्र न ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिष्पर्धी पोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको बताए ।

‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहान्छु । तपाइँले अवसर पाउनुभयो, एक पटक होइन पटक पटक । तर तपाइँले केही पनि गर्न सक्नुभएन ।’ पौडेलले भने ।

त्यसैगरी शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोप लगाए । त्यसैगरी आफूहरुले जनताको जीवनस्तर उकास्नेदेखि जनताको बीचमा गरेका बाचाहरु पूरा गर्ने समेत बताए ।

‘नगरेको मात्र होइन, तपाइँले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो ।’ उनले भने, ‘त्यसकाराण तपाइँको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस् । हामीलाई अवसर दिनुस् । हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउँनेछौँ ।’

त्यस्तै सो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे । स्वतन्त्रहरुले वैकल्पिक राजनीतिको मुद्धा उठाउँदै आएको तर आफूहरुले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको बताए ।
‘स्वतन्त्र उम्मेदवार साथीहरुलाई म भन्न चाहन्छु । तपाइँहरुले वैकल्पिक राजनीतिका बारेमा बहस गर्नुभयो । तपाइँहरुलाई स्यालुट गर्न चाहान्छु । म यो पनि भन्न चाहान्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरु पार्टीमा पनि छन् ।’ उनले भने ।

निर्वाचनका बेला आफूलाई विपक्षीले टुरिस्ट उम्मेदवार रहेको हल्ला फिजाएको भन्दै त्यसप्रति स्पष्ट पारेका छन् । उनले आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचित नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ०० बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक