राजनीतिक आन्दोलनमा सन्थाल समुदाय भूमिका महत्वपूर्ण : नेता सिटौला « Khabarhub

राजनीतिक आन्दोलनमा सन्थाल समुदाय भूमिका महत्वपूर्ण : नेता सिटौला


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । झापाको राजगढमा आज आयोजित कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र गणतन्त्रको संस्थागत विकासमा सन्थाल समुदायको भूमिका उल्लेखनीय भएको बताए।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका नेता सिटौलाले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याएर सन्थाल समुदायको योगदानको सम्मान गरिनेसमेत बताए ।

‘सन्थाल समुदाय दोस्रो दर्जाको नगरिकको अवस्थाबाट मुक्त नभएसम्म समाजवादको अनुभूति हुँदैन’, उनले भने, ‘सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्छु ।’

आगामी निर्वाचनपछि बन्ने सरकारले सन्थाल समुदायका सबै पीडा र समस्या हल गरेरै छाड्ने प्रस्ट पारे । सम्बोधनकै क्रममा नेता सिटौलाले गणतन्त्रवादीलाई मतदान गर्नसमेत आह्वान गरे।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ४५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक