समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद « Khabarhub

समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

उदयपुर – समानुपातिकमा प्रदेश सभा १ मा उदयपुरबाट चार जना महिला सांसद छनोट भएका छन्। मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको हो। गत २०७४ को निर्वाचनमा प्रतिनिधिसभा तर्फ २ र प्रदेश तर्फ ४ सांसद पाएको उदयपुरले यस पटक भने प्रतिनिधि सभा तर्फ रित्तो हुन पुग्यो।

नेकपा (एमाले)बाट २, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट १–१ जना महिलाले प्रदेश १ को समानुपातिक सांसद हुने मौका पाएका छन्। सब भन्दा धेरै मत पाएको एमालेले सृजना दनुवार र गीतादेवी रेग्मीलाई सांसद बनाएको छ। काङ्ग्रेसबाट लिलादेवी राई र माओवादी केन्द्रबाट सम्झना तामाङ (योद्धा) समानुपातिकमा परेका छन्।

प्रदेश १ मा खसेको १८ लाख १३ हजार २ सय ६५ मत मध्ये सब भन्दा बढी ६ लाख ६५ हजार ४ सय ६० मत पाएको एमालेले २५ सांसद पठाएको छ। दोश्रो ठूलो मत ५ लाख ६२ हजार ९ सय ७६ पाएको कांग्रेसले १७ जना सांसद बनाउँदा चौथो स्थान प्राप्त माओवादीले १ लाख ८१ हजार ४ सय ४५ मत पाएर ९ जना सांसद पठाएको छ। १ लाख ९२ हजार ५ सय ११ मत पाएर तेस्रो बने पनि राप्रपाले भने उदयपुरलाई समानुपातिकको स्थान दिएको छैन। जसपा, लोसपा लगायत विभिन्न ३६ दलले भाग लिए पनि समानुपातिक सीट कायम गर्न भने असमर्थ रहे।

२०७४ को निर्वाचनमा उदयपुरले प्रदेश सभातर्फ ३ र प्रतिनिधि सभातर्फ २ गरी ५ जना समानुपातिक सांसद पाएको थियो। एमालेले कला घले र सुनिता चौधरीलाई तथा कांग्रेसले सञ्जाकुमारी दनुवारलाई समानुपातिक सांसद बनाएका थिए। प्रतिनिधि सभा तर्फ कांग्रेसकै प्रमीला राई र लक्ष्मी परियार समानुपातिकमा परेका थिए। यस पटक प्रदेशतर्फ माओवादीले एक जना पठाएको छ। यस अघिका निर्वाचनमा प्रदेशमा कांग्रेस र एमालेबाट दोहोर्‍याएर समानुपातिक पाए पनि माओवादी प्रदेशमा पुग्न सकेको थिएन।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ०९ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी