समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद | Khabarhub Khabarhub

समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

उदयपुर – समानुपातिकमा प्रदेश सभा १ मा उदयपुरबाट चार जना महिला सांसद छनोट भएका छन्। मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको हो। गत २०७४ को निर्वाचनमा प्रतिनिधिसभा तर्फ २ र प्रदेश तर्फ ४ सांसद पाएको उदयपुरले यस पटक भने प्रतिनिधि सभा तर्फ रित्तो हुन पुग्यो।

नेकपा (एमाले)बाट २, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट १–१ जना महिलाले प्रदेश १ को समानुपातिक सांसद हुने मौका पाएका छन्। सब भन्दा धेरै मत पाएको एमालेले सृजना दनुवार र गीतादेवी रेग्मीलाई सांसद बनाएको छ। काङ्ग्रेसबाट लिलादेवी राई र माओवादी केन्द्रबाट सम्झना तामाङ (योद्धा) समानुपातिकमा परेका छन्।

प्रदेश १ मा खसेको १८ लाख १३ हजार २ सय ६५ मत मध्ये सब भन्दा बढी ६ लाख ६५ हजार ४ सय ६० मत पाएको एमालेले २५ सांसद पठाएको छ। दोश्रो ठूलो मत ५ लाख ६२ हजार ९ सय ७६ पाएको कांग्रेसले १७ जना सांसद बनाउँदा चौथो स्थान प्राप्त माओवादीले १ लाख ८१ हजार ४ सय ४५ मत पाएर ९ जना सांसद पठाएको छ। १ लाख ९२ हजार ५ सय ११ मत पाएर तेस्रो बने पनि राप्रपाले भने उदयपुरलाई समानुपातिकको स्थान दिएको छैन। जसपा, लोसपा लगायत विभिन्न ३६ दलले भाग लिए पनि समानुपातिक सीट कायम गर्न भने असमर्थ रहे।

२०७४ को निर्वाचनमा उदयपुरले प्रदेश सभातर्फ ३ र प्रतिनिधि सभातर्फ २ गरी ५ जना समानुपातिक सांसद पाएको थियो। एमालेले कला घले र सुनिता चौधरीलाई तथा कांग्रेसले सञ्जाकुमारी दनुवारलाई समानुपातिक सांसद बनाएका थिए। प्रतिनिधि सभा तर्फ कांग्रेसकै प्रमीला राई र लक्ष्मी परियार समानुपातिकमा परेका थिए। यस पटक प्रदेशतर्फ माओवादीले एक जना पठाएको छ। यस अघिका निर्वाचनमा प्रदेशमा कांग्रेस र एमालेबाट दोहोर्‍याएर समानुपातिक पाए पनि माओवादी प्रदेशमा पुग्न सकेको थिएन।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ०९ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय