इटालीको क्याफेमा गोली चल्यो, प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु | Khabarhub Khabarhub

इटालीको क्याफेमा गोली चल्यो, प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टोकियो – रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो।

रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई ‘हिंसाको गम्भीर घटना’ भन्दै सोमबार आपतकालीन बैठकमा भाग लिने बताए। ५७ वर्षीय एक संदिग्ध हिरासतमा छन्। समाचारअनुसार समितिका केही सदस्यसँग उनको विवादको इतिहास छ।

बन्दुकधारीले आफ्नो पेस्तोल प्रयोग गर्नु अघि “म तिमीलाई सबै मार्नेछु’ भनेर चिच्याएका थिए। घाइतेमध्ये दुई महिला र दुई पुरुष रहेको अनुमान गरिएको छ भने एकको अवस्था गम्भीर छ।

प्रधानमन्त्री जर्जिया मेलोनीले मारिएका एक महिलालाई आफ्नी साथी निकोलेटा गोलिसानो भएको बताएकी छन्। अन्य मृतक महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पेरन्डियो रहेको छ।

एक फेसबुक पोस्टमा प्रधानमन्त्री मेलोनीले गोलिसानोको परिवारलाई समवेदना व्यक्त गरेकी छन्। अफ्नो साथी ‘सुन्दर र खुशी’ भएकोमा सधैं सम्झने उनले बताएकी छन्।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १२ : १३ बजे

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक