दाउराको अभावमा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य « Khabarhub

दाउराको अभावमा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

सर्लाही– यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् ।  जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षौँदेखि गोबरका गुइँठा बनाइ खाना पकाउनका लागि इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । विशेषगरि जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्यधिक हुने गरेको छ । तराई-मधेसमा गुइँठाबाट खाना पकाउने चलन पुरानो भए पनि वनबाट पाइने दाउराको अभाव तथा असहज उपलब्धताले गर्दा सो क्षेत्रका नागरिक अझै पनि गुइँठाबाट खाना पकाउन बाध्य छन् ।

गाउँ नजिकै कुनै पनि वन नरहेको, वनबाट दाउरा ल्याउनका लागि टाढा जानुपर्ने बाध्यता तथा वनबाट दाउरा ल्याउँदा वनका कर्मचारी तथा प्रहरीले दुःख दिने गरेकाले आफूहरू गुइँठाकै प्रयोग गर्न बाध्य रहेको ब्रम्हपुरी गाउँपालिका-४ की रामकली देवीले गुनासो गरिन् । गाईभैँसीको गोबरमा गहुँको भुसा, मकै, गहुँ वा तोरीको डाँठ र पराल आदि मिसाएर त्यसलाई चाक्लो पारी पथारेर तयार पारिने गुइँठालाई स्थानीय भाषामा गोरहा भन्ने गरिन्छ । तराई-मधेसमा घरका महिला सदस्यको प्रमुख काममध्ये गुइँठा बनाउन पनि एक रहेको छ । उनीहरूले घरधन्दा सँगसँगै खाना पकाउनका लागि गुइँठा पनि तयार गर्ने रहेको छ ।

गोबरबाट तयार पारिएको गुँइठालाई करिब एक महिना घाममा सुकाएपछि बाल्नका लागि तयार हुने र यसैलाई अहिलेसम्म इन्धनको रुपमा प्रयोग गर्दैै आएको मलङ्गवा-७ मुसौलीकी रमिलादेवीले बताइन् । जिल्लाको दक्षिणी भेगमा रहेका गाउँका घर तथा सडकमा सुकाएर राखिएको गुइँठाका दृश्य सामान्य नै लाग्छन् । सुकेर तयार भएको गुइँठालाई पानी नचुहिने, नभिज्ने तथा सुख्खा ठाउँमा थाक बनाएर राख्ने गरिन्छ । यसरी थाक बनाएर राखेका गुइँठा आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

ब्रम्हपुरी–३ का रामविनय रायले गुइँठाबाट खाना पकाउँदा अत्यधिक धुँवा आउने, त्यसमा रहेका कीरा खानामा पर्ने, राम्रोसँग नबल्ने, स्वास्थ्यमा समस्या आउने भए पनि आफूहरुसँग अन्य विकल्प नरहेकाले बाध्य भएर गुइँठाको प्रयोग गर्नुपरेको बताए । गाईबस्तुको गोबरबाट गुइँठा बनाएर बाल्दा खेतबारीमा जैविक मलको अभाव हुने गरेको छ । त्यसले गर्दा किसानले खेतीबारीमा बाध्य भएर रासायनिक मलको प्रयोग गर्नुपरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए । खेतबारीमा जैविक मल प्रयोग नगरी केवल रासायनिक मलमात्र प्रयोग गर्नाले जमिनको उर्वरा शक्ति क्षण हुँदै जाने र अन्ततःजमिन मरुभूमिमा परिणत हुनसक्ने कुशवाहाको भनाइ छ ।

गुइँठाको प्रयोगबाट निस्कने धुँवाबाट स्वास्थ्यमा नराम्रो असर पर्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदीपराज काफ्लेले बताए । उनका अनुसार लामो समयसम्म गुइँठाको धुँवामा बस्दा स्वाशप्रस्वाशसम्बन्धी विभिन्न रोग लाग्ने गर्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ५३ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि