लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व « Khabarhub

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशसभामा यसपटक १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । अघिल्लो पटकको निर्वाचनमा पाँच राजनीतिक दल रहेकोमा यसपटक दोब्बरले बढेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट भएका छन् । ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य भएकाले प्रत्यक्षतर्फ एक जना मात्र महिला निर्वाचित भएको हुँदा समानुपातिकमा सबै दलबाट अधिकांश महिला चुनिएका छन् ।

३५ समानुपातिक सिटमध्ये ३१ जना महिला र चार जना पुरुष छनोट भएका छन् । सबै दलले निर्वाचन आयोगमा अन्तिम नामावली बुझाइसकेका छन् । समानुपातिकतर्फ लुम्बिनीमा एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले चार, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई, नागरिक उन्मुक्ति पार्टीले दुई, जनमत पार्टीले दुई, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले एक एक गरी ३५ सिट प्राप्त गरेका छन् ।

निर्वाचनमा ३२ दल सहभागी रहेपनि संसदमा १० दलको प्रतिनिधित्व भएको हो । एकीकृत समाजवादी र जनमोर्चाले भने प्रत्यक्षमा कुनै सिट नल्याए पनि समानुपातिकमा एक एक सिट ल्याएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ३३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२