उपत्यकामा सवारी आवागमनमा चाप, नियम पालना गर्न ट्राफिक प्रहरीको आग्रह « Khabarhub

उपत्यकामा सवारी आवागमनमा चाप, नियम पालना गर्न ट्राफिक प्रहरीको आग्रह


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा सवारी आवागमनमा चाप देखिएको छ । सोमबार उपत्यकाका विभिन्न स्थानमा सडक मर्मत लगायतका कार्य भइरहेकाले सवारीमा आवागमनमा चाप देखिएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार लैनचौर ब्यांक्वेट नगाडी सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग, टुकुचा, संग्रहालय, दक्षिणगेट, लैनचौर चोकमा सवारी क्युमा चलिरहेका छन् ।

यस्तै, सवारी साधनको संख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन क्युमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माण भइरहेकाले पनि बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुबाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङ्ग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट चलाइएको छ । 

सवारी चाप रहेका स्थानमा व्यवस्थापन सहज बनाउन ट्राफिक नियम पालना गर्न प्रहरीले अनुरोध गरेको छ । सडक पिच गर्न माग गर्दै स्थानीयले गरेको अवरोधका कारण थली साँखु सडक खण्ड हुँदै चल्ने सवारी साधनलाई मुलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ । 

वैकल्पिक मार्गको रूपमा डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटी निस्कन समेत सकिने प्रहरीले जनाएको छ । नाकाहरूको भने, सवारी आवागमन भने सामान्य तवरले सञ्चालन भइरहेको बताइएको छ । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ५७ बजे

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ । पार्टीभित्र

मापदण्ड विपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी– सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या

पशुपन्क्षीमा जथाभाबी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह

नेपालगञ्ज– पशुपन्क्षीमा जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ ।

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण

पाल्हीनन्दन– पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ