विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन  « Khabarhub

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन 


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी मुद्दाहरूमा आयोगको निर्णयअनुसार २५ मङ्सिरमा सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेका मुद्दा यसप्रकारका छन् । 

प्रतिवादी भगवान् भट्टराईसमेत (वि.अ. को मु.नं. ०७४ सि.आर. ००५०, वि.अ. को फैसला मिति २०७९/४/९) को राजश्व रकम बैँङ्क दाखिला नगरी भ्रष्टाचार गरेको मुद्दा र लालु गिरीसमेत (वि.अ.को मु.नं. ०७५ सि.आर. ०२३१, वि.अ.को फैसला २०७९/२/२७० को नक्कली बैङ्क ग्यारेण्टी पेश गरी भ्रष्टाचार गरेको मुद्दाको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ०४ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ