करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : प्रदीप पौडेल « Khabarhub

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : प्रदीप पौडेल


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएका छन्। बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको आज शिलान्यास गर्दै उहाँले करिडोर बनेको खण्डमा चक्रपथको जाम कम हुने बताएका हुन् । विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन नसक्दा सवारी जाम बढेको उनको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताए । उनले घोषणापत्र लेख्ने, प्रतिबद्धता व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए । नेता पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेतालाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने बताए । उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा काम अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप विच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको उनको भनाइ छ । बिग्रिएका बाटोको मर्मतका लागि आवश्यक पहल गरिरहेको नेता पौडेलले बताए ।

उनले काठमाडौँ क्षेत्र नं ५ मा बाटो र खानेपानीको समस्या धेरै रहेको उल्लेख गर्दै आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिबद्धतालाई पूरा गर्न पहलकदमी थालेको पनि बताए। नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लाग्ने विश्वास दिलाए । विष्णुमती करिडोर सडक करिब रु १२ करोडमा निर्माण हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : ३८ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर