पाकिस्तानमा आतंककारी हमलामा हताहत हुनेको संख्या ३९ प्रतिशतले बढ्यो | Khabarhub Khabarhub

पाकिस्तानमा आतंककारी हमलामा हताहत हुनेको संख्या ३९ प्रतिशतले बढ्यो


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको नोभेम्बर महिनामा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा परी हताहत हुनेको संख्या ३९ प्रतिशतले बढेको पाइएको छ । राजधानी इस्लामावादमा आधारित पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिज (पीक्स) लाई उद्धृत गर्दै नेसन अखबारले जनाएअनुसार यसमध्ये ५० प्रतिशत घटना पूर्ववर्ती जातीय इलाकामा भएका छन् ।

तथ्यांकअनुसार नोभेम्बर महिनामा पाकिस्तानमा लडाकुहरुले ३४ आतंककारी आक्रमण गराएका छन् । ती आक्रमणमा परी ४६ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

नोभेम्बरमा भएका आक्रमण १७ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३५ सुरक्षाकर्मी घाइते भएका छन् । यसअघि अक्टोबर महिनामा पाकिस्तानमा ३९ वटा आक्रमण भएका थिए । ती आक्रमणमा परी ३३ जनाको मृत्यु हुनाका साथै ४१ जना घाइते भएका थिए ।

पाकिस्तानमा प्रतिबन्धित लडाकु समूह तहरिक ए तालिबान पाकिस्तानले सरकारसँग भएको युद्धविराम सम्झौताबाट पछि हटेको घोषणा गरेसँगै आक्रमणलाई तीव्र पारेको बताइएको छ ।

तालिबानले युद्धविराम भंग भएको घोषणा गरेको ४८ घण्टापछि बलुचिस्तान प्रान्तको राजधानी क्वेट्टामा आत्मघाती बम आक्रमण भएको थियो । नोभेम्बर महिनामा पाकिस्तानमा दुईवटा आत्मघाती आक्रमण भएका छन् ।

तथ्यांकअनुसार यस वर्षको ११ महिनामा लडाकुले पाकिस्तानमा ३३० वटा आक्रमण गराएका छन् । यी आक्रमणहरुमा ४८३ जनाको मृत्यु भएको छ भने ७५५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : ५२ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे