पाकिस्तानमा आतंककारी हमलामा हताहत हुनेको संख्या ३९ प्रतिशतले बढ्यो « Khabarhub

पाकिस्तानमा आतंककारी हमलामा हताहत हुनेको संख्या ३९ प्रतिशतले बढ्यो


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको नोभेम्बर महिनामा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा परी हताहत हुनेको संख्या ३९ प्रतिशतले बढेको पाइएको छ । राजधानी इस्लामावादमा आधारित पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिज (पीक्स) लाई उद्धृत गर्दै नेसन अखबारले जनाएअनुसार यसमध्ये ५० प्रतिशत घटना पूर्ववर्ती जातीय इलाकामा भएका छन् ।

तथ्यांकअनुसार नोभेम्बर महिनामा पाकिस्तानमा लडाकुहरुले ३४ आतंककारी आक्रमण गराएका छन् । ती आक्रमणमा परी ४६ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

नोभेम्बरमा भएका आक्रमण १७ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३५ सुरक्षाकर्मी घाइते भएका छन् । यसअघि अक्टोबर महिनामा पाकिस्तानमा ३९ वटा आक्रमण भएका थिए । ती आक्रमणमा परी ३३ जनाको मृत्यु हुनाका साथै ४१ जना घाइते भएका थिए ।

पाकिस्तानमा प्रतिबन्धित लडाकु समूह तहरिक ए तालिबान पाकिस्तानले सरकारसँग भएको युद्धविराम सम्झौताबाट पछि हटेको घोषणा गरेसँगै आक्रमणलाई तीव्र पारेको बताइएको छ ।

तालिबानले युद्धविराम भंग भएको घोषणा गरेको ४८ घण्टापछि बलुचिस्तान प्रान्तको राजधानी क्वेट्टामा आत्मघाती बम आक्रमण भएको थियो । नोभेम्बर महिनामा पाकिस्तानमा दुईवटा आत्मघाती आक्रमण भएका छन् ।

तथ्यांकअनुसार यस वर्षको ११ महिनामा लडाकुले पाकिस्तानमा ३३० वटा आक्रमण गराएका छन् । यी आक्रमणहरुमा ४८३ जनाको मृत्यु भएको छ भने ७५५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : ५२ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि