कोरोनाको ओमिक्रोन भेरियन्टबाट कसरी जोगिने? यस्तो छ डा. राजभण्डारीको सल्लाह « Khabarhub

कोरोनाको ओमिक्रोन भेरियन्टबाट कसरी जोगिने? यस्तो छ डा. राजभण्डारीको सल्लाह


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस ओमिक्रोनको जोखिम बढेसँगै घरबाहिर निस्कन डराउनुपर्ने अवस्था सिर्जना भएको छ । विना काम घरबाहिर ननिस्कन र  अत्यावश्यक अवस्थामा निस्कन परे मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएपछि हामीले यसबाट कसरी जोगिन सकिन्छ भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. सागर राजभण्डारीसँग खबरहबकर्मी विना न्यौपानेले कुराकानी गरेकी छिन् । यस्तो छ उनको सल्लाह:

घरबाहिर निस्किँदा के गर्ने ?

– घरबाहिर निस्किँदा सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने

– सर्जिकल मास्क नभए रुमालले मुख छोप्ने वा कपडाको मास्क प्रयोग गर्ने

– सबैले भ्याक्सिन लगाउने

– कसैसँग हात नमिलाउने

– हात मिलाउनुको सट्टा नमस्कार गर्ने

– कुनै सामान चलाउनु परे वा केही खानु परे स्यानिटाइजर प्रयोग गर्ने

– स्यानिटाइजर नभए साबुन पानीले हात धुने

– साबुन पानीले कम्तीमा २० सेकेण्ड मिचेर हात धुने

– कसैसँग अङ्कमाल नगर्ने

– भिडभाडमा नजाने

– अन्य व्यक्तिभन्दा कम्तीमा एक मिटर टाढा बस्ने

– ह्याण्ड हाइजिन र कफ हाइजिनमा ध्यान दिने

– सुख्खा खोकी, धेरै ज्वरो र श्वास फेर्न गाह्रो भए स्वास्थ्य जाँच गराउने

– कोरोनाको बिरामी भेट्न जाँदा एन–९५ मास्क लगाउने

प्रतिरोधात्मक क्षमता राम्रो छ भने कोरोना भाइरसले सङ्क्रमण गरे पनि निको हुन्छ । कोरोना सङ्क्रमितलाई भेट्न जाँदा, उपचार गर्दा वा सङ्क्रमितको सम्पर्कमा जाँदा एन–९५ मास्क अनिवार्य रुपले लगाउनुपर्छ । तर बाटोमा हिँड्दा र सपिङ मलमा जाँदा सर्जिकल मास्क लगाए पुग्छ । कपडाको मास्कले भने भाइरस रोक्न सक्दैन । तर केही मात्रामा भए पनि यसले धुलो रोक्ने काम अवश्य गर्छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ७ : ०० बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका